काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः सुयोग श्रेष्ठ नियुक्त भएका छन् । भदौ ५ गते बसेको बैंक सञ्चालक समितिले उनलाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई भदौ १९ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि सीईओमा नियुक्ति गरिएको बैंकले जनाएको छ।
योसँगै श्रेष्ठले आगामी भदौ १९ गतेदेखि बैंकमा दोश्रो कार्यकाल सम्हाल्ने छन् ।
बैंकले हाल ११२ शाखा कार्यालय र ३१ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।