नेप्सेमा सिद्धार्थ बैंकको ऋणपत्र सूचीकृत

काठमाडौं । सिद्धार्थ बैंकको ‘१०.७५% एस.बि.एल. डिबेन्चर (ऋणपत्र) २०८९’ नेप्सेमा सूचीकृत भएको छ । साउन ३१ गते बैंकको १० वर्षे अवधि भएको ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र नेप्सेमा थपिएको हो ।

सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल र नेप्सेका तर्फबाट नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले हस्ताक्षर गरेका छन्।

बैंकले सर्वसाधारणमा निष्कासन गरेको ४० लाख थान अर्थात ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र वितरण भई साउन ३१ गते नेप्सेमा सूचीकृत भएको हो ।

उक्त ऋणपत्र भदौ १ गतेदेखि नै दोश्रो बजारमा कारोबारमा आइसकेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स