आजदेखि बैंक अफ काठमाण्डूको ऋणपत्र बिक्री खुल्ला

काठमाडौं । बैंक अफ काठमाण्डूले ऋणपत्र बिक्री खुल्ला गरेको छ । बैंकले आज (भदौ २ गते) देखि अंकित मूल्य १००० दरको १ अर्ब १० करोडले हुन आउने ११ लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गरेको हो ।

७ वर्ष अवधि रहेको उक्त ऋणपत्र बैंकले प्रतिइकाई १ हजार रुपैयाँ अंकित दरमा बिक्रीमा राखेको हो । जसमा लगानी गर्दा वार्षिक १०.५ प्रतिशत ब्याजदर पाइने छ ।

बैंकले बिक्रीमा ल्याएको कुल ११ लाख कित्ता ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात ४ लाख ४० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिने र बाँकी ६० प्रतिशत अर्थात ६ लाख ६० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ। साथै, सर्वसाधारणलाई निष्काशन गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात २२ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको समेत बैंकले जानकारी गराएको छ ।

यस ऋणपत्रमा छिटोमा भदौ ७ गते र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा भदौ १६ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ ।

ऋणपत्र निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स