गरिमा क्यापिटलको सीईओमा निर्मल भट्टराई नियुक्त

काठमाण्डौ । गरिमा क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निर्मल भट्टराईलाई नियुक्त गरेको छ।

कम्पनी सञ्चालक समितिको गत साउन २९ गते बसेको बैठकले भट्टराईलाइै सीईओमा नियुक्त गरेको हो। उनलाई भदौ १ गतेदेखि लागू हुने गरी कम्पनीको सीईओमा नियुक्त गरिएको हो।

भट्टराईले भारतबाट चाटर्ड अकाउन्टेन्सी (सीए) गरेका छन्। उनी संस्थाको स्थापनाकालदेखि नै विभिन्न ओहदामा रहेर कार्यसम्पादन गर्दै आएका छन्। हाल उनी संस्थाको सीईओमा पदमा नियुक्त हुन सफल भएका छन्।

यसअघि भट्टराईले गरिमा क्यापिटलको निमित्त सीईओको कार्यभार सम्हाल्दै आएका छन्।

गरिमा क्यापिटल नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो। संस्थाले हाल लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य ९डिम्याट तथा मेरो सेयर खाता सम्बन्धी० सेवा प्रवाह गर्दै आएको छ। अब निकट भविष्यमा नै आवश्यक अनुमतिपत्र प्राप्त गरी मर्चेन्ट बैंकरले प्रदान गर्न सक्ने अन्य सम्पूर्ण सेवाहरु ९जस्तैः निष्कासन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, सेयर रजिस्टे«सन, संस्थागत परामर्श, सामूहिक लगानी कोष, प्राइभेट इक्विटी फन्ड, भेन्चर क्यापिटल फन्ड, हेज फन्डलगायत अन्य फन्डहरुको व्यवस्थापनसम्बन्धी सेवाहरु० प्रदान गर्नेछ।

गरिमा क्यापिटलका सेवाहरु ग्राहकसमक्ष पुर्याउन गरिमा विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट सहजीकरण हुँदै आएको छ। आफ्ना सेवाहरु अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नका लागि विभिन्न नवीनतम प्रविधिहरुको प्रयोग गर्दै अगाडि बढ्ने संस्थाले जनाएको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स