प्रभु क्यापिटलको ग्राहकले एक्सप्रेस ईट्सबाट अनलाईन अर्डर गर्दा १० प्रतिशत छुट पाउने

काठमाडौं । प्रभु क्यापिटलले आपm्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । प्रभु क्यापिटल तथा एक्सप्रेस ईट्सका बीच साउन ३१ का दिन यस सम्बन्धि सम्झौता भएको हो ।

यस योजना अन्र्तगत प्रभु क्यापिटलका हितग्राही ग्राहकले एक्सप्रेस ईट्सबाट अनलाईन अर्डर गरी सेवा लिदा १० प्रतिशत छुट पाउने भएका छन् । यो योजनाबाट लाभ लिन ग्राहकले चेक आउट या बील पेमेन्ट गर्दा प्रोमो कोड मा ‘प्रभु क्याप १०’ उल्लेख गर्नुपर्नेछ ।

यसै गरी यस क्यापिटलको हितग्राही ग्राहकले पाउने अर्को बिशेष अफर अन्र्तगत रोड हाउस पीजा, बत्तीसपुतली, काठमाडौंबाट समेत सेवा लिदा १० प्रतिशत छुट पाउने भएका छन् ।

यो योजनाबाट लाभ लिन हितग्राहीले चेक आउट या बील पेमेन्ट गर्दा प्रभु क्यापिटलको हितग्राही भएको उल्लेख गर्नुपर्नेछ । हाल प्रभु क्यापिटलले २ लाख १५ हजार माथि हितग्राही ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स