बैंकहरूले संस्थागत निक्षेपको ब्याजदर घटाए

काठमाडौं । बैकहरूले संस्थागत निक्षेपकर्ताको ब्याजदर घटाएका छन् । बैंकहरूले सर्वसाधारण निक्षेपको ब्याज दर यथावत राखे पपनि संस्थागत निक्षेपको ब्याज दर भने घटाएका छन् । संस्थागत निक्षेपको घटाएकोँ ब्याजदर भदौ १ गतेदेखि लागू हुनेछ ।

साउन महिनामा बैंकहरूले ५ महिना अगाडिकै ब्याजलाई निरन्तरता दिएका हुन् । भदौ पनि साधारण मुद्दती खाताको ब्याजदर भने उनीहरूले यथावत नै राखेका छन् । राष्ट्र बैंकले दिएको निर्देशन अनुसार बैंकहरूले ब्याजदर घटाएर ९.०३ प्रतिशत कायम गरेका छन् । संस्थागत निक्षेपकर्ताको ब्याज यसअघि साधारणको भन्दा एक प्रतिशत बिन्दु कम अर्थात १०.०३ प्रतिशत थियो। ।

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकुतहरुको छाता संस्था नेपाल बैंकर्स संघ (एनबीए)ले संस्थागत निक्षेपकर्ताको ब्याजदर घटाउने निर्णय गरेको हो । सोमबार बसेको संघको बैठकले संस्थागत निक्षेपकर्ताको ब्याजदर घटाउने निर्णय गरेको हो ।

बैंकहरूले कात्तिक १ गतेबाट लागू हुने नयाँ ब्याज दर बढाउने छन् । वाणिज्य बैंकबाट साउन महिनामामात्रै १ खर्ब २० अर्ब निक्षेप बाहिरिएको र यो अवधिको कर्जा प्रवाह शुन्य रहेकोले बैंकहरूले भदौ र असोज महिना बजारको माहोल हेरेर बढाउनै पर्ने अवस्था आएमा कार्तिकदेखि ब्याजदर बढाउन तयारी गरेका हुन् । यदि यो अवधिमा बजारमा तरलताको ‘फो’ बढ्यो भने हालको ब्याजदरबाट पनि तल झर्ने बैकर्सहरूको भनाइ छ । वाणिज्य बैंकहरूमा गत असार मसान्तसम्म कुल ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप थियो । साउन २७ गतेसम्म आइपुग्दा ४४ खर्ब २१ अर्ब रुपैयाँमा घटेको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको छ ।

उक्त ब्याजदर बैंकहरूले आज मंगलबार सार्वजनिक गरेका हुन् । बैंकहरूले साधारण मुद्दती निक्षेपको ब्याज दर ११.०३ प्रतिशतलाई निरन्तरता दिने भएका छन् ।

तर बोलकबोलमा ०.५ प्रतिशत बिन्दु बढी दिन पाइन्छ । संस्थागत निक्षेप बोलकबोलबाटै आउने भएकाले उनीहरुले अब ९.५३ प्रतिशत ब्याज पाउने छन् । रेमिट्यान्न्स मुद्दतीमा भने बैंकहरुले १२.०३ प्रतिशतलाई निरन्तरता दिएका छन्।

राष्ट्र बैंकको नियमअनुसार बैंकहरुले अघिल्लो महिना कायम ब्याजको १० प्रतिशतले हुन आउने अंक तलमाथि गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको थियो । तर, बैंकहरूले फागुन महिनादेखि ब्याज यथावत राखेका छन् । नेपाल बैकर्स संघले हिजोमात्रै भदौ महिनामा पनि ब्याजदर नबढाउने निर्णय गरेका थिए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स