नारायणी डेभलपमेन्ट बैंकले हकप्रद सेयर जारी गर्ने

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले १ः १ को अनुपातमा प्रति कित्ता १०० रुपैयाँको दरले २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर जारी गर्ने भएको हो ।

कम्पनीले हकप्रद निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ ।

सम्झौतामा नारायणी डेभलपमेन्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेल र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन् ।

डेभलपमेन्ट बैंकको अधिकृत पूँजी ५३ करोड र जारी पूँजी २६ करोड २४ लाख ६७ हजार ६ सय रहेको छ भने हाल यस डेभलपमेन्ट बैंकका ५ वटा शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन् ।

चितवन जिल्लाको रत्ननगर न.पा., टाँडी, बकुलरमा केन्द्रीय कार्यालय रहेकोे नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त ‘ख’ वर्गको १-३ जिल्लास्तर (नवलपरासी, चितवन र मकवानपुर) कार्यक्षेत्र रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स