हरितालिका तीजको अवसरमा सानिमा बैंकको कोसेली

काठमाडौं । सानिमा बैंकले हरितालिका तीजको अवसरमा सम्पूर्ण नारीहरुका लागि तीजको कोसेली योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरुलाई डेविट/क्रेडिट कार्ड, डिम्याट खाता, मेरो सेयर, मोबाइल बैंकिङ, एनसेल सिम कार्ड, युएसडी इ-कार्ड (पहिलो टपअप) निःशुल्क पाउने छन् ।

साथै, लकर शुल्कमा ७५% छुट प्राप्त गर्न सकिने छ । यसैगरी पहिलो पीओएस कारोबारमा १०% वा अधिकतम ५०० सम्मको क्यासब्याक प्राप्त गर्न सकिने छ । यो योजना २०७९ भाद्र १ देखि भाद्र १५ गतेसम्म लागू हुनेछ । साथै, क्यासब्याक योजना २०७९ भाद्र मसान्तसम्म लागू हुने बैंकले जनाएको छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स