काठमाडौं । कर्मचारीलाई सेवा सुविधा दिन वाणिज्य बैंकहरूमा विदेशी लगानीका बैंकभन्दा स्वदेशी लगानीका बैंक अब्बल देखिएका छन् । गत आर्थिक वर्षमा कर्मचारीलाई बढी तलव तथा बोनस दिने बैंकमा पहिलो बैंक प्राइम कमर्शियल बैंक परेको छ भने दोस्रोमा नेपाल इन्भेष्टमेन्ट र तेस्रोमा नबिल बैंक परेको छ ।
बैंकहरूको गत आवको अपरिष्कृत वित्तीय विवरण अनुसार कृषि विकास बैंकका कर्मचारीले सबैभन्दा कम बोनस पाउने देखिएको छ । कर्मचारीलाई कम बोनस दिने बैंकको दोस्रो नम्बरमा लक्ष्मी बैंक रहेको छ भने तेस्रो स्थानमा प्रभु बैंक परेको छ ।
विदेशी लगानीमा सञ्चालित स्ट्यान्डर्ड चार्टड बैंक भने कर्मचारीलाई तलब र बोनस बढी दिने बैंकको चौथो स्थानमा परको छ । त्यसरी नै एभरेष्ट बैंक १२ औं स्थानमा र नेपाल एसबिआई बैंक २३ औं स्थानमा परेको छ । बोनस ऐनअन्तर्गत रोजगारदाता प्रतिष्ठानले कुन नाफाको १० प्रतिशत बोनस कर्मचारीलाई दिनुपर्ने प्रावधान छ । उक्त प्रावधान अनुसार बैंकहरुले कर्मचारीलाई बोनस वितरण गर्छन् ।
अधिकांश बैंकहरुले कुल नाफाबाट कर्मचारीलाई वितरण गर्नुपर्ने बोनसलाई किस्ता किस्तामा वितरण गर्छन् । केही बैंकहरुले आर्थिक वर्ष समाप्तपछि प्राप्त आम्दानीको आधारमा साउनको दोस्रो साताभित्र र केही बैंकहरूले दशैंमा र वार्षिक साधारणसभामा बोनस वितरण गर्छन ।
वाणिज्य बैंकहरुले आफ्ना कर्मचारीको तलव तथा बोनसका लागि ५७ अर्ब ४० करोड २४ लाख खर्च गरेका छन् । गत आर्थिक वर्षमा बैंकहरूले ४५ अर्ब ९१ करोड ४० लाख रुपैयाँ कर्मचारीको तलबमा खर्च भएको हो भने ११ अर्ब ८० करोड ८४ लाख रुपैयाँ छुटाएका छन् ।
बैंकहरूले गत आर्थिक वर्षमा कर्मचारीको बोनसका छुट्याएको रकम ५१ प्रतिशतदेखि ५१ प्रतिशत सम्म रहेको छ । बोनस ऐनअन्तर्गत रोजगारदाता प्रतिष्ठानले कुन नाफाको १० प्रतिशत बोनस कर्मचारीलाई दिनुपर्ने प्रावधान छ । उक्त प्रावधान अनुसार बैंकहरूले कर्मचारीलाई बोनस वितरण गर्छन् ।
अधिकांश बैंकहरूले कुल नाफाबाट कर्मचारीलाई वितरण गर्नुपर्ने बोनसलाई किस्ता किस्तामा वितरण गर्छन् । केही बैंकहरूले आर्थिक वर्ष समाप्तपछि प्राप्त आम्दानीको आधारमा साउनको दोस्रो साताभित्र र केही बैंकहरूले दशैंमा र वार्षिक साधारणसभामा बोनस वितरण गर्दै आएका छन् ।
चालु आर्थिक वर्ष साउनदेखि चैतसम्मको ९ महिनाको अवधिमा २६ वटा बैंकहरूले कर्मचारीको तलबको ५१ प्रतिशतभन्दा बढी बोनस छुटाएका छन् । बैंकका कर्मचारीहरूले बोनस समेत जोडर १८ महिनासम्मको तलब पाउने भएकाले बैंकको जागिरलाई अहिले सबैभन्दा आकर्षण जागीर मान्ने गरिन्छ ।
चालु आवको यो अवधिमा कर्मचारीलाई बोनस दिनेमा प्राइम बैंक शीर्ष स्थानमा रहेको छ । बैंकले कर्मचारीको तलबको लागि १ अबृ १२ करोड ३० लाख र बोनसको लागि ५८ करोड १८ लाख रुपैयाँ छुट्याएको छ । बैंकको कुल कर्मचारी खर्चको ५१.ड प्रतिशत बोनस हो ।
कर्मचारीलाई बढी बोनस छुट्याउने बैंकको दोस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट बैंक परेको छ । बैंकले कर्मचारीहरूको बोनसका लागि ६४ करोड ७३ लाख रुपैया छुट्याएको छ । यो कुल कर्मचारी खर्चको ५ण्.५३ प्रतिशत हो । बैंकको कुल कर्मचारी खर्च भने यो अवधिमा १ अर्ब २८ करोड ७० लाख रुपैयाँ पुगेको छ ।
कर्मचारीलाई धेरै बोनस बाढ्नेमा बैंक तेस्रो स्थानमा नबिल बैंक रहेको छ । बैंकले कुल कर्मचारी तलबको ४०.८ प्रतिशत बोनस बाढेको छ । बैंकले कर्मचारीको बोनसनको लागि ७८ करोड ९३ लाख ५४ हजार रुपैयाँ छ्ट्याएको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९३ करोड ६२ लाख रुपैयाँ तबल बाँडेको छ ।
त्यसरी नै चौथो स्थानमा स्ट्यान्डर्ड चार्टड परेको छ । बैंकले यो अवधिमा कर्मचारीको बोनसको लागि ३६ करोड २ लाख ९४ हजार रुपैयाँ बोनस छुट्याएको छ । बैंकले छुट्याएको यो बोनस कुल कर्मचारी खर्चको ३९.८ प्रतिशत हो । बैंकले कर्मचारीका लागि भने यो अवधिमा ९० करोड ५८ लाख ७७ हजार रुपैयाँ खर्च गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीका लागि २ अर्ब ५३ करोड ४० लाख रुपैयाँ तलब र ८२ अर्ब ७६ लाख ५८ हजार रुपैयाँ बोनस छुट्याएको छ । बैंकले छुट्याएको बोनस कुल कर्मचारी खर्चको ३२.७ प्रतिशत हो । ग्लोबल आईएमई बैंकले २ अर्ब ५८ करोड ६९ लाख रुपैयाँ कर्मचारीको लािग खर्च गरेर पनि ८२ करोड २२ लाख रुपैयाँ कर्मचारीको लागि बोनस वितरण गर्न छुट्याएको छ । सो रकम कर्मचारी खर्चको ३१.८ प्रतिशत हो ।
हिमालयन बैंकले ३१.७ प्रतिशत, एनएमबी बैंकले २८.३ प्रतिशत, सानिमा बैंकले २७.९ प्रतिशत, बैंक अफ काठमाण्डूले २७.३ प्रतिशत, मेगा बैंकले २५.९ प्रतिशत बोनस छुट्याएको छ । एभरेष्ट बैंकले २५.६ प्रतिशत, नेपाल क्रेडिट एण्ड कमर्शले २३.९ प्रतिशत, सिद्धार्थ बैंकले २३.८ प्रतिशत बोनस छुट्याएका छन् ।
नेपाल बैंक र कुमारी बैंकले २३.५/२३.५ प्रतिशत, माछापुच्छ«े बैंकले २१ प्रतिशत, सेन्चुरी बैंकले २०.७ प्रतिशत, सनराइज बैंकले १९.६ प्रतिशत, सिभिल बैंकले १८.७ प्रतिशत, एनआईसी एशिया बैंकले १८.७ प्रतिशत, नेपाल एसबिआई बैंकले १६.९ प्रतिशत कर्मचारीको तलबको सो प्रतिशत बोनसको लागि रकम छ्ट्याएका हुन् ।
त्यसैगरी कर्मचारीको तलबको १६.७ प्रतिशत प्रभु बैंकले बोनस छु्ट्याएको छ भने लक्ष्मी बैंकले १६.२ प्रतिशत र कृषि विकास बैंकले सबैभन्दा कम १६.१ प्रतिशत बोनस छुट्याएको छ ।
कुन बैंकका कर्मचारीले कति पाए तलब र बोनस ?
Prime | 581,884 | 1,123,071 | 51.8% |
Nepal Investment | 647,377 | 1,287,041 | 50.3% |
Nabil | 789,354 | 1,936,260 | 40.8% |
Standard Chartered | 360,294 | 905,877 | 39.8% |
Rastriya Banijya Bank | 827,658 | 2,534,055 | 32.7% |
Global IME | 822,273 | 2,586,917 | 31.8% |
Himalayan | 392,427 | 1,238,058 | 31.7% |
NMB | 574,316 | 2,026,325 | 28.3% |
Sanima | 360,746 | 1,293,592 | 27.9% |
Bank of Kathmandu | 288,483 | 1,058,289 | 27.3% |
Mega | 447,867 | 1,730,280 | 25.9% |
Everest | 404,136 | 1,576,101 | 25.6% |
Citizens | 354,545 | 1,446,375 | 24.5% |
Nepal Credit & Commerce | 311,828 | 1,304,721 | 23.9% |
Siddhartha | 522,995 | 2,200,738 | 23.8% |
Nepal Bank | 481,149 | 2,043,437 | 23.5% |
Kumari | 445,154 | 1,896,312 | 23.5% |
Machhapuchchre | 344,624 | 1,644,939 | 21.0% |
Century | 215,469 | 1,042,465 | 20.7% |
Sunrise | 306,583 | 1,560,640 | 19.6% |
Civil | 221,175 | 1,181,467 | 18.7% |
NIC Asia | 715,649 | 3,832,134 | 18.7% |
Nepal SBI | 264,325 | 1,563,688 | 16.9% |
Prabhu | 415,600 | 2,485,829 | 16.7% |
Laxmi | 250,915 | 1,547,427 | 16.2% |
Agricultural Dev | 461,623 | 2,867,967 | 16.1% |
Total | 11,808,453 | 45,914,003 | 25.7% |