मर्जर प्रक्रिया प्रारम्भिक सम्झौता भएको ६ महिनाभित्र सक्नुपर्ने

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अब कुनै पनि संगठित संस्थाको मर्जर प्रक्रिया प्रारम्भिक सम्झौता भएको ६ महिनाभित्र सक्नुपर्ने व्यवस्था गरेको छ।

आज बोर्डले निर्देशिकाको मस्यौदा सार्वजनिक गर्दै ६ महिनाभित्र एकिकृत कारोबार गर्नु पर्ने व्यवस्था गरेको हो ।

योसँगै अब संगठित संस्थाले गाभ्ने, गाभिने वा प्राप्ति कार्य प्रारम्भिक सम्झौता भएको ६ महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने मस्यौदामा उल्लेख गरिएको छ।

त्यस्तै, मर्जर तथा एक्विजिशनमा जाने संस्थाले प्रारम्भिक समझदारी नभएसम्म गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धमा कुनै पनि सूचना चुहाउन नपाउने भएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स