एनएमबि क्यापिटलको ‘एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २’ नामक म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुल्ला

काठमाडौं । एनएमबि क्यापिटलले आज (साउन २६ गते)देखि नयाँ म्युचुअल फण्ड निष्काशन गरेको छ । क्यापिटलले ‘एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २’ नामक म्युचुअल फण्ड निष्काशन गरेको हो ।

क्यापिटलले प्रति इकाई १० रुपैयाँ दरको १२ करोड इकाईमध्ये निष्काशन गरेको हो । निष्काशन गरिने कुल इकाईमध्ये १४ प्रतिशत अर्थात १ करोड ६८ लाख इकाई कोष प्रबद्र्धक कम्पनी एनएमबि बैंक लिमिटेड तथा १ प्रतिशत इकाई अर्थात १२ लाख योजना व्यवस्थापक एनएमबि क्यापिटलका लागि छुट्याइएको छ। लगानीकर्ताले बाँकी रहेको १० करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।

आवेदन दिंदा न्यूनतम १०० इकाई र अधिकतम १ करोड २० लाख इकाईको आवेदन दिन सकिने छ। खरिद आवेदन नेपाल धितोपत्र बोर्डमा इजाजतप्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाबाट र सीडीएससीको मेरो सेयरबाट दिन सकिनेछ।

लगानीकर्ताले छिटोमा साउन ३१ गतेसम्म र ढिलोमा भदौ ९ गतेसम्म आवेदन दिन सक्ने छन् ।

यस योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

यसअघि क्यापिटलले एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १ निष्काशन गरिसकेको छ । एनएमबि सुभल इन्भेष्टमेन्ट फण्ड २ एक बन्दमुखि योजना हो। यस योजनाको अवधि इकाई बाँडफाँड भएको मितिले १० वर्षको हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स