हिमालयन बैंक र अमेरिकन एक्सप्रेसद्वारा दुईवटा नयाँ कार्ड सेवा शुभारम्भ, यस्ता छन् लाभ र फाइदाहरु

काठमाण्डौ । हिमालयन बैंक र अमेरिकन एक्सप्रेसले नेपालमा आफ्ना स्थानीय ग्राहकका लागि हिमालयन बैंक अमेरिकन एक्सप्रेस क्रेडिट कार्ड र हिमालयन बैंक अमेरिकन एक्सप्रेस प्रिपेड कार्ड गरि आफ्ना दुईवटा नयाँ कार्डहरु संचालनमा ल्याएको छ ।

हिमालयन बैंक अमेरिकन एक्सप्रेस क्रेडिट कार्ड विशेषगरी विभिन्न क्षेत्रमा भ्रमण गर्ने तथा विभिन्न सरसमान खरिद गर्ने खरिदकर्ता तथा हिमालयन बैंक अमेरिकन एक्सप्रेस प्रिपेड कार्ड उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थी तथा अन्य यात्रीहरुका लक्षित गरी जारी गरेको हो। उक्त कार्ड प्रयोगकर्ताले कार्डबाट भुक्तानी गर्दा विभिन्न लाभ र छुटहरु पाई आफ्नो खर्चहरु व्यवस्थापन सहज बनाउन सक्नेछन्।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले अमेरिकन एक्सप्रेससँग हिमालयन बैंकको लामो समयदेखिको सम्बन्ध रहेको र विभिन्न वर्गका ग्राहकलाई लक्षित गरी दुईवटा नयाँ कार्डहरु संचालनमा ल्याई उक्त सम्बन्धलाई निरन्तरता दिन सकेकोमा खुसी व्यक्त गरे। उक्त कार्डहरुले विभिन्न मुलुक भ्रमण गर्ने स्थानीय ग्राहकहरुलाई सुविधा प्रदान गरी प्रत्येक कारोबारमा फाइदा प्रदान गर्ने उनले बताए ।

अमेरिकन एक्सप्रेस दक्षिण एसियाका भाइस प्रेसिडेन्ट तथा व्यापार प्रमुख नेटवर्क पार्टनरसिप दिव्या जैनले नेपालमा अमेरिकन एक्सप्रेसको दुईवटा नयाँ कार्डहरु को सेवा सुरु गर्न पाउँदा उत्साहित भएको बताइन्। दुवै कार्डहरुले प्रयोगकर्ताहरुलाई समग्रमा यात्रा तथा विभिन्न सामानहरु खरिदमा उच्चतम लाभको अनुभूति गराउँदछ। यी कार्डहरुको सेवा शुभारम्भ नेपालमा गरिने भ्रमण तथा चाडपर्वको समयसँग मिल्ने भएकोले पनि कार्ड प्रयोगकर्ताले पूर्ण रुमा विभिन्न लाभका अवसरहरु लिन सक्नेछन्। उच्च शिक्षा अध्ययनको लागि पनि यही समयमा विद्यार्थीहरु विभिन्न मुलुकका विश्वविद्यालयहरुमा जाने भएकोले पनि उनीहरुलाई विशेष फाइदा पुग्नेछ।

यी दुवै कार्डका प्रयोगकर्ताहरुले प्राप्त गर्न सक्ने लाभ तथा फाइदाहरु यस प्रकार छन्–

आकर्षक नगद फिर्ता (क्यास ब्याक)

१. हिमालयन बैंक अमेरिकन एक्सप्रेस क्रेडिट कार्डका प्रयोगकर्ताले कार्डका माध्यमबाट अनलाइन भुक्तानीलगायत स्थानीय कारोबार गरेबापत ०.५० प्रतिशत वा बढीमा ३ हजार प्रतिवर्षसम्म नगद फिर्ता (क्यास ब्याक) प्राप्त गर्न सक्नेछन्।

त्यसैगरी हिमालयन बैंक अमेरिकन एक्सप्रेस प्रिपेड कार्ड प्रयोगकर्ताहरु विशेषगरी विदेश भ्रमण र उच्च शिक्षा हासिल गर्न विदेश जाने विद्यार्थीले कार्डका माध्यमबाट अनलाइन भुक्तानीलगायत स्थानीय कारोबार गरेबापत ०.५० प्रतिशत वा बढीमा २ हजार ४०० रुपैयाँ प्रतिवर्षसम्म नगद फिर्ता (क्यास ब्याक) प्राप्त गर्न सक्नेछन्।

भ्रमण र खरिदका लागि लाभहरु

१. हिमालयन बैंक अमेरिकन एक्सप्रेस क्रेडिट कार्डका प्रयोगकर्ताले क्लब हिमालयमा कम्तीमा २ रातको बुकिङ गर्दा होटेलका तर्फबाट १ रात निःशुल्क प्राप्त गर्न सक्ने छन्। युनाइटेड कलरस अफ बेनेटनमा सामान खरिद गर्दा १० प्रतिशत छुट, स्पोर्टस् प्लाजाका सम्पूर्ण सामानहरुमा १५ प्रतिशत छुट, मिसियोमा ३३ प्रतिशत छुट र एपिक माउन्टेन बाइकस्मा १० प्रतिशत सम्मका छुट प्राप्त गर्न सकिनेछ।
यसका साथै यस कार्ड प्रयोगकर्ताहरुले संसारभरिका लाउन्जबडी लाउन्जेजमा प्रवेश पाउनेछन्। www.rentalcars.com बाट बुकिङ गर्दा १० प्रतिशत छुट र एभिस कारसमा बुकिङ गर्दा १५% सम्मको छुट प्राप्त गर्न सकिनेछ।

२. हिमालयन बैंक अमेरिकन एक्सप्रेस प्रिपेड कार्ड प्रयोगकर्ताहरुले स्पोर्टस् प्लाजाका सम्पूर्ण सामानमा १५ प्रतिशत सम्मको छुट, मिसियोमा ३३ प्रतिशत छुट र www.booking.com मा ४०% सम्मको छुट प्राप्त गर्न सकिनेछ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स