एनआईसी एशिया बैंकले यस वर्ष पनि लाभांश वितरण गर्न नपाउने, लगानीकर्ता मारमा

काठमाडौं । एनआईसी एशिया बैंकले लगातार दाेस्राे वर्ष पनि लाभांश बाड्न नपाउने देखिएको छ । सेयरधनीले गरेको लगानीभन्दा बैंकले लिएको दायित्वको अनुपात बढी भएको हुँदा एनआईसी एसिया बैंकले लाभांश वितरण गर्न नपाउने देखिएको हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७७/७८ र गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट पनि लाभांश बाड्न नपाउने देखिएको हो ।

पुँजी पर्याप्तता फ्रेमवर्क २०१५ अनुसार प्राथमिक पुँजीको ८.५ प्रतिशत र पुरक पुँजी गरेर न्यूनतम ११ प्रतिशत पुँजीकोष पुग्नुपर्ने हुन्छ । एनआईसी एशिया बैंकको प्राथमिक पुँजीकोष अनुपात ८.९३ प्रतिशतमात्रै छ । कुल पुँजीकोष अनुपात भने १३.५१ प्रतिशत भएपनि प्राथमिक पुँजीकोष अनुपात राष्ट्र बैंकले निर्धारण गरेको भन्दा कम छ ।

नेपाल राष्ट्र बैंकको प्रावधानअनुसार आर्थिक वर्षको कुनै एक त्रैमासमा प्राथमिक पुँजीकोषको अनुपात ८.५ प्रतिशतभनदा कम भएमा कुनै पनि बैंकले लाभांश वितरण गर्न नपाउने व्यवस्था छ । एनआईसी एशिया बैंकले गत आवको पहिलो र दोस्रो त्रैमासमा प्राथमिक पुँजीकोष अनुपात ८.५ प्रतिशत कायम गर्न सकेको थिएन । गत आवको पहिलो त्रैमासमा बैंकको प्राथमिक पुँजीकोष अनुपात ७.३० प्रतिशत र दोस्रो त्रैमासमा ७.८० प्रतिशत कायम रहेको थियो भने २०७८ असार अन्त्यमा बैंकको यस्तो अनुपात ७.५१ प्रतिशत कायम भएको थियो ।

बैंकले गत आवको तेस्रो त्रैमासमा आएरमात्रै पुँजीकोष अनुपात पुर्याएको थियो । गत चैतमसान्तमा बैंकको प्राथमिक पुँजीकोष अनुपात ८.५४ प्रतिशत कायम रहेको थियो भने पछिल्लो त्रैमासमा कर्जा नै विस्तार नगरेका कारण राष्ट्र बैंकको निर्देशन अनुसार प्राथमिक पुँजीकोष कायम रहेको हो ।

यद्यपि बैंकले गत आवको मुनाफाबाट लाभांश घोषणा गर्न तथा लगानीकर्तालाई लाभांश दिन अझ १ वषृ कुर्नपर्ने हुन्छ । एनआईसी एशिया बैंकले चालु आवको चारै वटा त्रैमासमा तोकिएको कुल पुँजीकोष र प्राथमिक पुँजीकोष कायम गरेमात्रै रोकिएको आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्न पाउने हो ।

जबकि राष्ट्र बैंकको नियामकीय व्यवस्था अनुसार प्राथमिक पुँजी कोषको अनुपात ८.५ प्रतिशत हुनुपर्ने छ । नगद लाभांश बाँड्नका लागि न्यूनतम पुँजीकोष अनुपात १२ प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ ।

एनआईसी एशिया बैंकको २०७८ असार मसान्तको कुल पुँजीको १२.४१ प्रतिशत थियो भने प्राथमिक पुँजीकोष अनुपात ७.५१ प्रतिशतमात्रै रहेको थियो । साढे ८ प्रतिशत प्राथमिक पुँजीकोष नपुगेका कारण गत आर्थिक वर्षमा पनि एनआईसी एशिया बैंकले लाभांश बाड्न पाएको थिएन । यदि एनआईसी एशिया बैंकले यसरी नै व्यवसाय विस्तार गर्दै जाने हो भने चालु आर्थिक वर्षको मुनाफाबाट पनि सेयरधनीलाई लाभांश बाड्न नसक्ने पक्का भएको छ ।

राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार प्राथमिक पुँजी कोषभित्र न्यूनतम साझा इक्विटी ४.५ प्रतिशत, पुँजी संरक्षण बफर २.५ प्रतिशत हुनुपर्नेछ । न्यूनतम साझा (टायर १) पुँजी अनुपात पुँजी संरक्षण बफर बाहेक ६ प्रतिशत र बफरसहित ८.५ प्रतिशत हुनुपर्छ । जसलाई प्राथमिक पुँजीकोष अनुपात पनि भन्ने गरिन्छ ।

एनआईसी एसिया बैंकले प्राथमिक पुँजीकोष अन्तर्गतको पुँजी संरक्षण बफर अघिल्लो वर्ष पूरा गर्न नसक्दा लाभांश वितरण गर्न रोक लगाइएको थियो भने सोही कारण गत आर्थिक वर्षको नाफाबाट पनि लाभांश दिन नपाउने देखिएको छ ।

के हो टायर १ र २ क्यापिटल ?

बैंकहरूले प्राथमिक पुँजीकोष अनुपात साढे ८ प्रतिशत पुर्याउनुपर्छ । बैंकहरूले यसलाई टायर १ क्यापिटल भन्छन् । यसमा बैंकको चुक्ता पुँजी, बाँड्न लागिएको लाभांश, सेयर प्रिमियम, रिजर्भ, रिटन्ड अर्निङ, चालु वर्षको अडिट नभएको नाफालाई जोडेर आउने रकममा कर एसेटलगायत लगानी भएका इक्विटी एक्सेसको सीमा घटाएपछि आउने रकमलाई टायर १ क्यापिटल अर्थात् प्राथमिक पुँजी भनिन्छ ।

एनआईसी एशियाको सेयर क्यापिटल, सेयर प्रिमियम, रिटन्ड अर्निङ र रिजर्भ गरी जम्मा २२ अर्ब ७९ करोड रुपैयाँ रहेको छ । एनआईसी एशिया बैकले गत आर्थिक वर्षमा ५ अर्ब ५२ करोड रुपैयाँ नाफा गरेको छ भने बैंकको वितरण योग्य नाफा २ अर्ब २४ करोड रुपैयाँ रहेको छ ।

टायर २ भने ऋणपत्र, लोन लस प्रोभिजनको रकम, लगानी गर्दाको रिजर्भ र अन्य रिजर्भ जोडेर आउने रकम हो । यसरी टायर १ र २ पुँजी जोडेर आउने रकमलाई पुँजीकोष भनिन्छ ।

लाभाशं बाड्न नपाउने अवस्था यस्तो गर्न सक्छ बैंक

गत वर्ष लाभांश वितरण नगरेको एनआईसी एशिया बैंकलाई बोनस दिनुपर्ने बाध्यता छ । एनआईसी एशिया बैंकले गतवर्ष प्राथमिक पुँजीकोष अनुपात साढे ८ प्रतिशत नपुर्याएको कारण लाभांश वितरण गर्न पाएको थिएन । एनआईसी एशिया बैंकको पुँजीकोष अनुपात १३.५१ प्रतिशत छ । १२ प्रतिशतभन्दा बढी पुँजीकोष अनुपात भएको हुँदा एनआईसी एशियाले नगद लाभांश वितरण गर्न मिल्छ ।

तर, एनआईसी एशियाको प्राथमिक पुँजीकोष अनुपात असार मसान्तमा ८.९३ प्रतिशत कायम भएको छ । एनआईसी एशिया बैंकको लाभांश क्षमता गत वर्षको नाफाबाट १९.४३ प्रतिशत हो । बैंकले अघिल्लो वर्षको नाफाबाट समेत लाभांश दिन नपाएको हुँदा यो दर अझै बढी हुनसक्छ ।

गत वर्षको नाफाबाट मात्र १९.४३ प्रतिशत लाभांश क्षमता भएपनि प्राथमिक पुँजीकोष अनुपात ८.९३ प्रतिशत रहेको हुँदा बैंकलाई प्राथमिक पुँजीकोष पुर्याउनको लागि बोनस सेयर दिनुपर्ने बाध्यता हुन्छ । एनआईसी एशियाको ग्राहकलाई प्रदान गरेको लोनमात्रै १ खर्ब ४५ अर्ब छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स