गेट वे पेमेन्ट सर्भिस र नेपाल एसबिआई बैंकबीच युनिफाईड पेमेन्ट इन्टरफेस नेपालको मेम्बर बैंक बन्नको लागि सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड ले गेट वे पेमेन्ट सर्भिस प्रा.लि. संग अन्तरआबद्धता तथा मोबाइल फस्र्ट प्रविधिमा आधारित युनीफाईड पेमेन्ट इन्टरफेस नेपालको नेटवर्क नेपालमा विस्तारगर्न सम्झौता गरेको छ ।

उक्त सम्झौतामा, नेपाल एसबिआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मोहम्मद रिजवान अलम तथा गेट वे पेमेन्ट सर्भिसका प्रमुख कार्यकारी अधिकृत राजेश प्रसाद मानन्धरले हस्ताक्षर गरेका हुन् ।

बैकिङ प्रणालीमा प्रविधिको उपयोग गराई नेपाललाई विश्व मापदण्ड अनुरुपको सेवा प्रवाह गराउने विश्वसनीयताका साथ यस कम्पनीले अझै सुरक्षित र सजिलो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारोबार गर्न मिल्ने युपीआई नेपाल प्रणाली सञ्चालनमा ल्याउन यस सहकार्यले महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ ।

यस बैंकले देशका विभिन्न स्थानमा ९१ शाखा, २१ एक्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२९ एटिएम बाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स