हिमालयन बैंकले सिभिललाई प्राप्ति गर्न पायो सैद्धान्तिक सहमति

काठमाडौं । नेपाल राष्ट्र बैंकले हिमालयन बैंक र सिभिल बैंकलाई एक आपसमा मर्जरमा जानको लागि सद्धान्तिक सहमति प्रदान गरेको छ । राष्ट्र बैंकले आज मर्जरको लागि सैद्धान्तिक सहमति दिएको हो । हिमालयन बैंकका अध्यक्ष प्रचण्डवहादुर श्रेष्ठले हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्न राष्ट्र बैंकले एलओआई दिएको बताए ।

सैद्धान्तिक सहमति पाएसँगै अब दुवै संस्थाले विशेष साधारणसभा बोलाएर मर्जर तथा प्राप्ति सम्बन्धित प्रस्ताव पारित गर्नुपर्ने छ । त्यसपछि राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गर्ने छ ।

हिमालयन र सिभिलबीच स्वाप रेसियो १००ः८१ हुने सहमति जुटेको छ । जस अनुसार सिभिल बैंकको १०० कित्ता सेयर हुनेले प्राप्तिपछि बन्ने हिमालयन बैंकको ८१ कित्ता शेयर पाउने छन् ।

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्न लागेको हो । दुई बैंकबीच असार २९ गते बुधबार गाभ्ने गाभिने प्रक्रियामा सम्झौता गरी हस्ताक्षर गरेका थिए । समझदारीपत्रमा हिमालयन बैंकको तर्फबाट अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बैंकको तर्फबाट अध्यक्ष प्रतापजंग पाण्डेले हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार प्राप्तिपपछि बैंकको नाम हिमालयन बैंक रहने छ भने सिभिलको नाम विलय हुनेछ ।
कर्मचारी तर्फ हिमालयन बैकका अशोक शमशेर राणा नै सीईओ बन्नेछन् । सिभिल बैंकका सीईओ सुनिल पोखरेल वरिष्ठ डेपुटी सीईओ हुनेछन् । दुबै बैंकबीच कर्मचारी समायो गर्दा खाईपाई आएको तलब सुविधा नघटाउने सहमति भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स