बैंकहरू फेरि सकसमा, दुई सातामै घट्यो ३२ अर्बले निक्षेप १ अर्बले कर्जा

काठमाडौं । साउन लागेपछि वाणिज्य बैंकहरू अझ सकसमा देखिएका छन् । पछिल्लो दुई सातामा वाणिज्य बैंकहरूको निक्षेप ३२ अर्ब रुपैयाँले घटेको छ । साउन ६ गतेदेखि २० गतेसम्म बैंकको निक्षेप ३२ अर्ब रुपैयाँले घटेको हो ।

साउन ६ गतेसम्म ४४ खर्ब ७८ करोड रुपैयाँ रहेको बैंकको निक्षेप साउन २० गते आइपुग्दा ४४ खर्ब ४६ अर्ब रुपैयाँमा सीमित भएको छ । साउन १३ गतेसम्म यस्तो निक्षेप ४४ खर्ब ५० अर्ब रुपैयाँ थियो ।

देशमा सञ्चालित २६ वाणिज्य बैकले साउन ६ गतेदेखि २० गतेसम्म १ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । असार महिनामा कर्जा समेत घटेको बैकमा पछिल्लो २ सातामा १ अर्बले कर्जा बढ्नुले अब बैंकहरूले कर्जा दिन सके कर्जा प्रवाह विस्तार हुने देखिएको छ । असारमसान्तबाट साउन २० गतेसम्मको अवधिलाई हर्ने हो भने १४ अर्ब रुपैयाँले कर्जा घटेको देखिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स