इमर्जिङ नेपालको प्रमुख कार्यकारी अधिकृतमा रमेश बेल्वासे नियुक्त

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा रमेश बेल्वासे नियुक्त भएका छन् ।

कम्पनीको साउन २० गते बसेको संचालक समितिको ७०औं बैठकले कम्पनीका मुख्य प्रबन्धक बेल्वासेलाई सोही मितिदेखि लागू हुनेगरी कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिृकतमा नियुक्त गरेको हो ।

युकेको हिरोवट युनिभर्सिटीबाट बिबिए र मास्टर डिग्री गरेका बेल्वासेसँग नेपाल एसबीआई मर्चेण्ट एण्ड बैकिंङमा लगानी प्रमुख भई ४ वर्ष काम गरेको अनुभव छ ।

मर्चेण्ट एण्ड बैकिंङ क्षेत्रको राम्रो अनुभव भएका बेल्वासेलाई प्रमुखको जिम्मेवारी दिंदा संस्थागत विकासमा अगाडि बढ्ने विश्वास कम्पनीले लिएको जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स