काठमाडौं । चालु आर्थिक वर्षमा अहिलेसम्म वित्तीय विवरण सार्वजनिक गरेका २६ वटा वाणिज्य बैंकले ७४ अर्ब ४७ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । बैंकहरूले गत आर्थिक वर्षमा कमाएको नाफा ६० अर्ब ४१ करोड ७८ लाख रुपैयाँभन्दा बढी हो ।
बैंकहरूमध्ये सबैभन्दा बढी सरकारी स्वामित्वको बैंक राष्ट्रिय वाणिज्य बैंकले कमाएको छ भने दोस्रोमा ग्लोबल आईएमई बैंक र तेस्रो बैंकमा नबिल बैंक सूचीकृत भएको छ । राष्ट्रिय वाणिज्य बैंकले ५ अर्ब २० करोड ६४ लाख रुपैयाँ कमाएको छ भने बढी कमाउने दोस्रो बैंक ग्लोबल आईएमई बैंकले ५ अर्ब २० करोड ६४ लाख रुपैयाँ नाफा कमाएको छ । तेस्रो स्थान आगटेको नबिल बैंकले ४ अर्ब ९७ अर्ब २७ करोड रुपैयाँ कमाएको छ ।
गत आवमा बढी कमाउने बैंकको चौथो नम्बरमा एनआईसी एशिया बैंक र पाँचौंमा नेपाल इन्भेष्टमेन्ट बैंक परेका छन् । एनआईसी एशियाले ४ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक परेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले गत आवमा ४ अर्ब ८ करोड रुपैयाँ कमाएको छ ।
३ अर्बभन्दा बढी कमाउने बैंकमा एनएमबि, प्राइम, नेपाल बैंक र सिद्धार्थ बैंक परेका छन् । सानिमा, माछापुच्छे« लक्ष्मी, एभरेष्ट, एनसीसी, सनराइज र सिटिजन, मेगा, कुमारी, सनराइज, हिमालयन, कृषि विकास बैंक र स्टयाण्डर्ड चार्टर्ड बैंकको नाफा पनि २ अर्बभन्दा माथि नै रहेको छ । बैंक अफ काठमाडौं, नेपाल एसबिआई, सिभिल, सेन्चुरी बैंकको नाफा १ अर्बभन्दा माथि र २ अर्बभन्दा कम रहेको छ ।
२६ बैंकमध्ये नाफा बढाउनेमा सिभिल ‘नम्बर वान’
गत आर्थिक वर्षमा सिभिल बैंकले नाफामा सबैभन्दा बढी प्रगति गरेको छ । बैंकले अघिल्लो आवको भन्दा १६२.३६ प्रतिशतले वृद्धि गरी १ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । सेञ्चुरी बैंकले अघिल्लो आवमा आर्जित खुद नाफामा ११५.६७ प्रतिशतले वृद्धि गरी गत आवमा १ अर्ब ३५ करोड रुपैयाँ कमाएको हो ।
अघिल्लो आवमा आर्जित खुद नाफामा गत आवमा अब्बल ग्रोथ गराउनेको तेस्रो नम्बर नेपाल एसबिआइ बैंक रहेको छ । बैंकले अघिल्लो आवको तुलनामा ७०.०४ प्रतिशतले वृद्धि गरी गत आवमा १ अर्ब ६३ करोड रुपैयाँ खुद नाफा कमाएको हो ।
स्टयाण्डर्ड चार्टर्ड बैंकले अघिल्लो आवको तुलनामा ६२.२७ प्रतिशतले खुद नाफामा वृद्धि गरी गत आवमा २ अर्ब २६ करोड रुपैयाँ आर्जन गरेको छ । एनसीसी बैंकले अघिल्लो आवको तुलनामा ५१.९८ प्रतिशतले खुद नाफामा वृद्धि गरी गत आवमा २ अर्ब २ करोड रुपैयाँ आर्जन गरेको छ ।
प्रभु बैंकले अघिल्लो आवको तुलनामा ५१.११ प्रतिशतले खुद नाफामा वृद्धि गरी गत आवमा २ अर्ब ६० करोड रुपैयाँ आर्जन गरेको छ । एभरेष्ट बैंकले अघिल्लो आवको तुलनामा ४३.७७ प्रतिशतले खुद नाफामा वृद्धि गरी गत आवमा २ अर्ब ५४ करोड रुपैयाँ आर्जन गरेको छ ।
एनआइसी एशिया बैंकले अघिल्लो आवको तुलनामा ३८.८६ प्रतिशतले खुद नाफामा वृद्धि गरी गत आवमा ४ अर्ब ५२ करोड रुपैयाँ आर्जन गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले अघिल्लो आवको तुलनामा ३७.३८ प्रतिशतले खुद नाफामा वृद्धि गरी गत आवमा ५ अर्ब २१ करोड रुपैयाँ आर्जन गरेको छ ।
एनएमबि बैंकले अघिल्लो आवको तुलनामा ३२.५३ प्रतिशतले खुद नाफामा वृद्धि गरी गत आवमा ३ अर्ब ७० करोड रुपैयाँ आर्जन गरेको छ । माछापुच्छ्रे बैंकले अघिल्लो आवको तुलनामा ३६.५३ प्रतिशतले खुद नाफामा वृद्धि गरी गत आवमा २ अर्ब १६ करोड रुपैयाँ आर्जन गरेको छ ।
ग्लोबल आइएमई बैंकले अघिल्लो आवको तुलनामा २५ प्रतिशतले खुद नाफामा वृद्धि गरी गत आवमा ५ अर्ब २० करोड रुपैयाँ आर्जन गरेको छ । सिटिजन्स बैंकले अघिल्लो आवको तुलनामा २४.७६ प्रतिशतले खुद नाफामा वृद्धि गरी गत आवमा २ अर्ब २५ करोड रुपैयाँ आर्जन गरेको छ ।
मेगा बैंकले अघिल्लो आवको तुलनामा २१.७८ प्रतिशतले खुद नाफामा वृद्धि गरी गत आवमा २ अर्ब ८३ करोड रुपैयाँ आर्जन गरेको छ । नेपाल इन्भेष्टमेण्ट बैंकले अघिल्लो आवको तुलनामा १४.८३ प्रतिशतले खुद नाफामा वृद्धि गरी गत आवमा ४ अर्ब ८ करोड रुपैयाँ आर्जन गरेको छ ।
सिद्धार्थ बैंकले अघिल्लो आवको तुलनामा १२.७८ प्रतिशतले खुद नाफामा वृद्धि गरी गत आवमा ३ अर्ब २१ करोड रुपैयाँ आर्जन गरेको छ । प्राइम कमर्सियल बैंकले अघिल्लो आवको तुलनामा १२.६३ प्रतिशतले खुद नाफामा वृद्धि गरी गत आवमा ३ अर्ब ६८ करोड रुपैयाँ आर्जन गरेको छ ।
नेपाल बैंकले अघिल्लो आवको तुलनामा १०.२९ प्रतिशतले खुद नाफामा वृद्धि गरी गत आवमा ३ अर्ब २६ करोड रुपैयाँ आर्जन गरेको छ । नबिल बैंकले अघिल्लो आवको तुलनामा ९.८३ प्रतिशतले खुद नाफामा वृद्धि गरी गत आवमा ४ अर्ब ९७ करोड रुपैयाँ आर्जन गरेको छ ।
बैंक अफ काठमाण्डूले अघिल्लो आवको तुलनामा ४.८६ प्रतिशतले खुद नाफामा वृद्धि गरी गत आवमा १ अर्ब ८१ करोड रुपैयाँ आर्जन गरेको छ । लक्ष्मी बैंकले अघिल्लो आवको तुलनामा १.७६ प्रतिशतले खुद नाफामा वृद्धि गरी गत आवमा १ अर्ब ६० करोड रुपैयाँ आर्जन गरेको छ ।
गत आवमाा ३ वटाको बैंकले खुद नाफाको ग्रोथ नेगेटिभ छ । जसमा सानिमा बैंक, हिमालयन बैंक र कृषि विकास बैंक हुन् । कृषि विकास बैंकको खुद नाफा अघिल्लो आवको भन्दा २६.१६ प्रतिशतले घटेर गत आवमाा २ अर्ब ३६ करोड रुपैयाँमा सिमित भएको छ ।
हिमालयन बैंकको खुद नाफा अघिल्लो आवको तुलनामा १७.२२ प्रतिशतले घटेर गत आवमा २ अर्ब ४८ करोड रुपैयाँमा सिमित भएको छ । सानिमा बैंकको खुद नाफा अघिल्लो आवको तुलनामा गत आवमा १.०७ प्रतिशतले घटेर २ अर्ब २९ प्रतिशतमा सिमित भएको छ । कृषि विकार बैंकको नाफा पनि अघिल्लो आवको तुलनामा घटेको छ ।