इन्भेष्टमेन्ट बैंकमा गाभिन लागेको मेगा बैंकको नाफा २ अर्ब ३२ करोड

काठमाडौं । मेगा बैंकले गत आर्थिक वर्षमा २१ प्रतिशतले नाफा बढाएको छ । अघिल्लो आर्थिक वर्षमा २ अर्ब ३२ करोड रुपैयाँ नाफा कमाएको बैंकले गत आर्थिक वर्षमा २ अर्ब ८३ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षमा कमाएको नाफा २१.७८ प्रतिशतले बढी हो ।

बैंकको नाफा सँगै वितरणयोग्य नाफामा पनि आकर्षक बृद्धि देखिएको छ । गत आर्थिक वर्षमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ६३ करोड रुपैयाँ छ । खुद ब्याज आम्दानी २ प्रतिशतले बढेका छ भने सञ्चालन आम्दानी गत वर्षभन्दा घटेका छ।

गत आर्थिक वर्षमा बैंकले निक्षेप संकलन १२.१२ प्रतिशतले बढाएको छ भने कर्जा लगानी पनि सोहि अनुसार ७.५९ प्रतिशतले बढाएको छ ।

हाल १६ अर्ब १२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५७ पैसा प्रतिसेयर नेटवर्थ १४२.५२ रुपैयाँ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स