नेपाल बैंकर्स संघद्वारा तत्काल ब्याजदर नबढाउने निर्णय

काठमाडौं । नेपाल बैंकर्स संघले तत्काल ब्याजदर नबढाउने भएको छ। शुक्रबार बसेको संघको बैठकले तत्काल ब्याजदर नबढाउने निर्णय गरेको हो।

संघका अध्यक्ष अनिल कुमार उपाध्यायले तत्कालका लागि ब्याज नबढाउने निर्णय गरेको बताए । उनका अनुसार १० दिनका लागि अहिलेको ब्याजदर नै यथावत राख्ने र त्यसपछि बजारको अवस्था हेरेर निर्णय गर्ने बताए ।

राष्ट्र बेंकले मौद्रिक नीतिमार्फत नीतिगत दरहरु बढाएर बैंकहरुलाई ब्याजदर बढाउन प्रोत्साहन गरेपनि बैंकरहरुले भने तत्काल ब्याजदर नबढाउने निर्णय गरेका छन्।

बैंकहरुले गत फागुनदेखि नै निक्षेपको ब्याजदर बढाएका छैनन्। फागुनमानै मुद्दती निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर पुर्याएका बैंकहरुले सो पश्चात त्यहि ब्याजदरलाई निरन्तरता दिँदै आएका छन्।

राष्ट्र बैंकले नीतिगत दरहरु बढाएपछि बैंकहरुले ब्याजदर घटबढ गर्न पाउने व्यवस्था गरेपनि अहिले पुरानै ब्याजदरलाई निरन्तरता दिने सहमतिमा बैंकहरु पुगेका हुन। भदौको लागि के गर्ने भन्ने विषयमा भने साउन अन्तिममा छलफल गर्ने भएका छन्।

यसअघि संस्थागत मुद्दती निक्षेपमा बैंकहरुले १०.०३ प्रतिशत ब्याज दिँदै आएकोमा अब संंस्थागत निक्षेपको ब्याजदर भने ९.०३ प्रतिशतमा झर्ने भएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स