ग्रीन डेभलपमेन्ट बैंकको नाफा ८६ प्रतिशत बढी

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

गत आवको चौथो त्रैमाससम्म बैंकले २ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८६.३४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४८.३१ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ३३.२७ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ४५.६४ प्रतिशत र सञ्चालन मुनाफा ८०.१३ प्रतिशत बढेको छ।

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ १६ पैसा बढेर ४ रुपैयाँ ६६ पैसा पुगेको छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी स्थिर रहेको छ भने जगेडा कोष ६७.७४ प्रतिशत बढेको छ। यस अवधिसम्म बैंकको निक्षेप ५७.७५ प्रतिशत र कर्जा ३९.१८ प्रतिशत बढेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स