एनएमबि क्यापिटलको दुई म्युचुअल फण्डद्वारा लाभांश घोषणा

काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडको दुई म्युचुअल फण्डले आर्थिक वर्ष २०७८/०७९ को लाभांश घोषणा गरेको छ । एनएमबि फिफ्टी र एनएमबि हाइब्रिड फण्ड एल–१ ले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट आफ्ना इकाईधनीहरुलाई लाभांश घोषणा गरेको हो ।

एनएमबि फिफ्टी फण्डका इकाईधनीहरूलाई करसहित २१.०५२३६ प्रतिशत र एनएमबि हाइब्रिड फण्ड एल १ का इकाईधनीहरूलाई समेत २१.०५२३६ प्रतिशत करसहित कुल ३५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

प्रतिफल घोषणा गरेसँगै क्यापिटलले लाभांश वितरणको लागि साउन ३१ गते बुक क्लोज मिति पनि तय गरेको छ । तसर्थ साउन ३० गतेसम्म कायम इकाईधनीले मात्र लाभांश पाउन सक्ने छन् ।

 

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स