राष्ट्र बैंकको कारवाहीमा दुई बैंक

काठमाडौं । स्टयाण्डर्ड चार्टर्ड र नेपाल क्रेडिट एण्ड कमर्श (एसीसी) बैंक राष्ट्र बैंकको कारवाहीमा परेका छन् । राष्ट्र बैंक वाणिज्य बैंक सुपरिवेक्षण विभागले निरिक्षण गर्ने क्रममा कैफियत भेटेपछि राष्ट्र बैंकले दुई बैंकलाई कारवाही गरेको हो ।

‘यी दुई बैंकले गत आवको चौथो त्रैमासमा अनिवार्य नगद मौज्दात÷ बैधानिक तरलता अनुपात कायम नगर्दा कारवाही परेका हुन्,’ राष्ट्र बैंक उच्च स्रोतले भन्यो । सो अनुपात नपुग भएपछि राष्ट्र बैंकले स्टयाण्डर्ड चार्टर्ड बैंकले ६३ हजार ५ सय ९७ रुपैयाँ ५३ पैसा र एनसीसी बैंकले ४९ हजार ८८ सय ७५ रुपैयाँ जरिवाना तिरेको हो ।

बैंक तथा वित्तीय संस्थाले कुल निक्षेपको केही प्रतिशत तरल सम्पत्ति राख्नुपर्ने गरी तोकिएको दायित्व नै वैधानिक तरलता अनुपात हो । हाल अनिवार्य नगद मौज्दात, सरकारी सुरक्षणपत्र तथा बैंकको ढुकुटीमा रहेको नगदसमेत गरी वाणिज्य बैंकले आफ्नो कुल निक्षेप दायित्वको १० प्रतिशत, विकास बैंकले ८ प्रतिशत र वित्त कम्पनीले ७ प्रतिशत वैधानिक तरलता अनुपात कायम गर्नुपर्ने व्यवस्था रहेको छ ।

यस्तै, अनिवार्य नगद अनुपात भनेको बैंक तथा वित्तीय संस्थाले आफ्नो कुल निक्षेप दायित्वको केही प्रतिशत नेपाल राष्ट्र बैंकमा अनिवार्य मौज्दात बापत राख्नु पर्ने रकम हो । हाल बैंक तथा वित्तीय संस्थाहरूले नेपाल राष्ट्र बैंकमा आफ्नो कुल निक्षेप दायित्वको ३ प्रतिशत रकम जम्मा गर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स