नगद लाभांशको क्याप हट्यो, अब बैंकहरूले क्षमताको आधारमा लाभांश वितरण गर्न पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले नगद लाभांशमा ३० प्रतिशतको ‘क्याप हटाएको छ । अब बैंक तथा वित्तीय संस्थाले आफ्नो क्षमताको आधारमा नगद लाभांश वितरण गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।

बैंकले एकीकृत निर्देशन, २०७८ संशोधन गर्दै २ वर्ष अघि लगाएको नगद लाभांशको क्याप हटाएको हो । राष्ट्र बैंकले आज बुधबार जारी गरेको परिपत्र अब भने बैंक तथा वित्तीय संस्थाले आव २०७८÷७९ को खुद वितरण योग्य नाफाबाट क्षमताकै आधारमा नगद लाभांश वितरण गर्न पाउँछन् ।

राष्ट्र बैंकले २०७७/७८ को मौद्रिक नीतिमार्फत् बैंक तथा वित्तीय संस्थाहरूले वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांस घोषणा तथा वितरण गर्न पाउने व्यवस्था गरेको थियो । सो व्यवस्थाअन्तर्गत खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम भएका इजाजतपत्र प्राप्त संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांश वितरण नगर्न पाउने निर्देशन थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स