१७ वाणिज्य बैंकले कमाए साढे ४७ अर्बभन्दा बढि, कुन बैंकले कति गरे नाफा ?

काठमाडौं । चालु आर्थिक वर्षमा अहिलेसम्म वित्तीय विवरण सार्वजनिक गरेका १७ वटा वाणिज्य बैंकले ४७ अर्ब ५७ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । बैंकहरूले गत आर्थिक वर्षमा कमाएको नाफा ९ अर्ब ५६ करोड रुपैयाँभन्दा बढी हो ।

आज बिहिबारसम्म वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरूमध्ये ४ अर्बभन्दा बढी नाफा कमाउने बैंकहरूमा ग्लोबल आईएमई बैंक, एनआईसी एशिया बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक रहेका छन् ।

गत आवमा बैंक ग्लोबल आईएमई बैंकले सबैभन्दा बढी नाफा कमाएर नम्बर वान बैंक बनेको छ । ग्लोबल आईएमई बैंकले ५ अर्ब २० करोड ६४ लाख रुपैयाँ नाफा कमाएको छ भने एनआईसी एशियाले ४ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको छ । बढी नाफा कमाउने बैंकको तेस्रो नम्बरमा नेपाल इन्भेष्टमेन्ट बैंक परेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले गत आवमा ४ अर्ब ८ करोड रुपैयाँ कमाएको छ ।

आजसम्मको वित्तीय वितरण प्रकाशित गरेका बैंकहरूमध्ये चौथो बैंक प्रभु बैंक भएको छ । बैंकले यो अवधिमा २ अर्ब ६० करोड रुपैयाँ नाफा गरेको छ । सानिमा, माछापुच्छे« लक्ष्मी, एभरेष्ट, एनसीसी, सनराइज र सिटिजन बैंकको नाफा पनि २ अर्बभन्दा माथि नै रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स