प्राइम कमर्सियल बैंकको नाफामा सामान्य सुधार, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ६८ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.६३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब २६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेसँगै इम्पेरमेन्ट चार्ज घटेपछि बैंकको नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.९२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी २२.२४ प्रतिशत बढेको छ । बैंकको कुल सञ्चालन आम्दानी १.४८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ११.७७ प्रतिशत बढेको छ । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी १६ प्रतिशत बढेको छ भने जगेडा कोष १३.२२ प्रतिशत बढेको छ । बैंकको निक्षेप ३.९३ प्रतिशत र कर्जा ९.४४ प्रतिशत बढेको छ ।

नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने सामान्य घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५९ पैसा घटेर १९ रुपैयाँ ७३ पैसामा झरेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १३.४३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ६९ पैसा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स