नेपाल एसबिआई बैंकको नाफामा उल्लेख्य वृद्धि, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । नेपाल एसबिआई बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६३ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७०.०४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ९६ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५३.७२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी २१.०५ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ३९.८३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ७५.०१ प्रतिशत बढेको छ । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४४ करोड ८८ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ३.५० प्रतिशत बढेको छ भने जगेडा कोष २३।३५ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप १२.६८ प्रतिशत र कर्जा ८.५८ प्रतिशत बढेको छ ।

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ ५२ पैसा बढेर १६ रुपैयाँ ६७ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६.९३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ३५ पैसा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स