कृषि विकास बैंकद्वारा सोखेलका किसानलाई क्रेडिट कार्ड वितरण

काठमाडौं । काठमाडौं जिल्ला दक्षिणकाली नगरपालिकाको वडा नं.३ सोखेलका स्थानीय किसानलाई कृषि विकास बैंकले किसान क्रेडिट कार्ड वितरण गरेको छ ।

कृषि वस्तु बेचबिखन देखि बिउ/ मलखाद/ मौसम समेत जानकारी प्राप्त गर्न सकिने किसान क्रेडिट कार्ड कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले वितरण गरेका हुन् । उक्त क्रेडिट कार्ड प्रारम्भिक रुपमा ८३ जना किसानलाई उपलव्ध गराइएको हो ।

कार्यक्रममा सीईओ उपाध्यायले किसान क्रेडिट कार्डको महत्व र फाइदाका बारेमा प्रकाश पार्दै बैंकले उपलव्ध गराएका अन्य सेवाहरुको पूर्ण उपभोग गर्न आग्रह गरे । सो अवसरमा उनले बैंकले भविष्यमा थप सेवाहरू संचालन गर्ने समेत आश्वासन दिए ।

उपाध्यायले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत लामो इतिहास बोकेको नेपालको पहिलो विद्युत गृह चन्द्रज्योति पावरहाउसको परिसरमा राख्ने गरी १० थान डस्बिन समेत वडा अध्यक्षलाई हस्तान्तरण गरेको छ ।

उक्त कार्यक्रमका अध्यक्ष बलामीले बैंकले उपलव्ध गराएको सेवा प्रति आभार व्यक्त गरे । आगामी दिनमा पनि बैंकले यस्तै प्रकृतिका सेवाहरू विस्तार गर्दै जान सकोस भनि बैंकको थप प्रगतिका लागि शुभकामना समेत व्यक्त गरे ।

सो कार्यक्रममा बैंकका उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपाने, विभागीय प्रमुखद्वय गिरिधारी पौडेल, सुन्दर खतिवडा, बैंकका सदभावना दुत आश्रा कुँवर, बैंकका प्रवक्ता तथा कम्पनी सचिव हिमलाल पौडेल, शाखा प्रमुख प्रज्वल भट्टराई, विरेन्द्र यादवलगायतको उपस्थिति थियो ।

उक्त कार्यक्रममा कृषि विकास बैंक वागमती प्रदेशका प्रदेश प्रमुख जगदिश्वर पन्थीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन कृषि विकास बैंक शाखा कार्यालय कालिमाटीका प्रबन्धक बेदानन्द दाहालले गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स