अब एनएमबिका ग्राहकले अनलाइन बजार दराजबाट किस्ताबन्दीमा सामान किन्न पाउने

काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुले अनलाईन दराजबाट किस्ताबन्दीमा समान खरीद गर्न पाउने गरी सम्झौता गरेको छ ।

एनएमबि बैंकका क्रेडिक कार्ड प्रयोग कर्ताले दराजबाट आफुलाई आवश्यक सामानहरु किस्ता बन्दीमा खरिद गर्न सक्नेछन् । यसको लागि ग्राहकले दराजबाट भुक्तानी गरी समान खरिद गर्नेछन र उक्त खरिद रकमलाई एनएमबि बैंकले ईएमआईमा रुपान्तरण गर्नेछ ।

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ ।

बैंकले १८१ वटा शाखा, १३७ वटा एटीएम, ९ वटा एक्सटेन्सन काउन्टरमार्फत् सेवा प्रदान गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स