नेप्सेमा नबिल बैंकको सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नबिल बैंक लिमिटेडको सेयर सूचीकृत भएको छ ।

नबिल बैंकको साविकको नेपाल बंगलादेश बैंक लिमिटेडलाई १ः०.४३ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरका ४ करोड ३३ लाख ६७ हजार २१९ कित्ता सूचीकृत भएको हो ।

उक्त शेयर अब एनबिबिका सेयरधनीको हितग्राही खातामा नबिल बैंकको नामबाट देखिनेछ । सूचीकृतपश्चात् उक्त सेयर भोलिदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स