१३ दिनमा ९१ अर्बले निक्षेप घट्दा, कर्जा ९ अर्ब ऋणी तिरे ऋण

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो १३ दिनमै वाणिज्य बैंकहरूबाट ९१ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । सोही अवधिमा ऋणीले ९ अर्ब ऋण पनि तिरेका छन् ।

असारमसान्तसम्म वाणिज्य बैंकमा ४५ खर्ब ४१ अर्ब निक्षेप संकलन भएकोमा साउन १३ गते आइपुग्दा निक्षेप घटेर ४४ खर्ब ५० अर्बमा सीमित भएको छ भने ४१ खर्ब ७५ अर्ब रहेको कर्जा प्रवाह ऋणीले ऋण तिर्दा ४१ खर्ब ६४ अर्बमा झरेको छ । सो अवधिमा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) भने ८७.७२ प्रतिशत कायम छ ।

चालु आर्थिक वर्ष लागेदेखि निक्षेप घट्न थालेपछि बैंकदेखि उद्योगी व्यवसायी समेत कर्जा नपाउने र पाएपनि बढी व्याज तिर्नुपर्ने पिरलोमा रहेका छन् । चालु आर्थिक वर्षमा अझ व्याज बढ्छ भन्ने चिन्ताले उद्यमी व्यवसायीहरूलाई सताएको छ भने बैकरहरूलाई निक्षेप कहाँबाट कसरी ल्याउने भन्ने पिरलो परेको छ । साउन १५ गतेसम्म बैंकिङ प्रणालीमा १ खर्ब ५९ अर्ब ७५ करोड रुपैयाँ तरलता मौज्दात थियो ।

प्रणालीबाट लगानी योग्य रकम बाहिरिन थालेपछि गर्जो टार्न बैंकहरूले अन्तर बैंक सापटी कारोबार बढाउँदा ब्याजदर समेत ८.५० प्रतिशत पुगेको छ । जुन राष्ट्र बैंकले तोकेको ब्याजदर करिडोरको माथिल्लो सीमाभन्दा बढी हो ।

ब्याजदर करिडोरमा माथिल्लो सीमा ८.५७ प्रतिशत तोकिकएको छ । अन्तर बैंक ब्याजदर सीमाभन्दा माथि गएसँगै राष्ट्र बैंकले मौद्रिक उपकरणमार्फत् बजारमा तरलता प्रवाह गरिसकेको छ ।

साउन १६ गते राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको रिपो जारी गरेको थियो । सो रिपो जारी भएसँगै अन्तर बैंक ब्याजदर ८.५० प्रतिशत तल झर्ने विश्वास गरिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स