लक्ष्मी क्यापिटलका २ म्युचुअल फण्डको लाभांश घोषणा

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले कम्पनीको योजना व्यवस्थापक रहेको लक्ष्मी म्यु्चुअल फण्ड अन्तर्गत संचालित लक्ष्मी उन्नती कोष र लक्ष्मी इक्विटी फण्डले लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको साउन १६ गते बसेको संचालक समितिको ७५ औं बैठकले गत आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट सम्बन्धित इकाईधनीहरुलाई ५-५ प्रतिशत दरका नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो ।

उक्त लाभांश कम्पनीको आगाामी वार्षिक साधारण सभाले पारित गरेपछि इकाईधनीहरुमा वितरण हुनेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स