छिमेक लघुवित्तको नाफा अर्बभन्दा माथि, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा १ अर्ब ३ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.४३ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

लघुवित्तले खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेसँगै लघुवित्तको नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ११.६९ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ८.०८ प्रतिशत बढेको छ ।
लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा १२.५९ प्रतिशत घटेको छ । अघिल्लो आर्थिक वर्षमा ६ करोड रुपैयाँ रिभर्स भएको इम्पेरमेन्ट चार्ज, गत आर्थिक वर्षमा २४ करोड १३ लाख रुपैयाँ पुगेको छ । जसले गर्दा सञ्चालन मुनाफा घट्न पुगेको हो।

खुद नाफा घटेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २७ रुपैयाँ ३८ पैसा घटेर ४४ रुपैयाँ ४२ पैसामा सीमित भएको छ । सो अवधिसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ २५४ रुपैयाँ २० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २४.७७ गुणा रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी २७ प्रतिशत बढेको छ । जगेडा कोष १०.५७ प्रतिशत बढेको छ । लघुवित्तको निक्षेप २०.४१ प्रतिशत र कर्जा ३२.१४ प्रतिशत बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स