गणपति लघुवित्तको नाफा पौने २ करोड

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा १ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५४.७५ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

लघुवित्तले खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै लघुवित्तको खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ९.१७ प्रतिशत घटेको छ भने कुल सञ्चालन आम्दानी ०.५७ प्रतिशत बढेको छ ।

लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा ७०.२७ प्रतिशत घटेको छ। अघिल्लो आर्थिक वर्षमा १ करोड ७९ लाख रुपैयाँ खराब कर्जा उठाएको यस लघुवित्तले, गत आर्थिक वर्षमा १ करोड ५१ लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।

खुद नाफा घटेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २० रुपैयाँ २ पैसा घटेर १२ रुपैयाँ २८ पैसामा सीमित भएको छ । सो अवधिसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ५६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७७.५७ गुणा रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी १८.९९ प्रतिशत बढेको छ भने जगेडा कोष १३.६५ प्रतिशत घटेको छ । लघुवित्तको सापटी ४२.४० प्रतिशत, निक्षेप ३६.५७ प्रतिशत र कर्जा ४१.८७ प्रतिशत बढेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स