आरएमडिसी लघुवित्तको नाफा उल्लेख्य बढ्यो, ईपीएस कति ?

काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा ३५ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९९.४८ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १७ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

लघुवित्तले खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै इम्पेरमेन्ट चार्ज घटेका कारण लघुवित्तको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४९.५९ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ४२.०२ प्रतिशत बढेको छ । लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा ८६.०१ प्रतिशत बढेको छ ।

खुद नाफा बढेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ११ रुपैयाँ ३९ पैसा बढेर २८ रुपैयाँ ६० पैसामा सीमित भएको छ । सो अवधिसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ २६८ रुपैयाँ १८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २९.३० गुणा रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी २० प्रतिशत बढेको छ भने जगेडा कोष ४.८४ प्रतिशत बढेको छ । लघुवित्तको सापटी २९.६८ प्रतिशत घटेको छ भने कर्जा ०.२६ प्रतिशत बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स