धौलागिरी लघुवित्तले साउन २४ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । बागलुङ जिल्ला केन्द्रिय कार्यालय रहेको धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निश्कासन गर्ने भएको छ । कम्पनीले साउन २४ गतेदेखि सार्वजनिक सेयर (आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको बिक्री प्रबन्धकमा सनराईज क्यापिटल लिमिटेड रहेको छ ।

हाल उक्त कम्पनीको चुक्ता पुँजी ७ करोड रहेकोमा सार्वजनिक सेयर निश्कासन पश्चात १० करोड ३१ लाख पुग्नेछ । हाल ७ करोड पुँजी रहेको कम्पनीको अपरिस्कृत वित्तीय विवरण बमोजिम जगेडा तथा कोषमा ११ करोड रहेको छ । जसबाट प्रतिसेयर नेटवर्थ २५७ रुपैयाँ हुन आउँछ ।

कम्पनीको संचित नाफा नोक्सानी समेत ४.६ करोड भन्दा माथि रहेकोले सार्वजनिक सेयर निश्कासन पश्चात् समेत सेयरधनीहरुको लागी ४० प्रतिशत भन्दा बढि लाभांस वितरण गर्ने क्षमता रहेको वित्तीय विवरणले देखाउँछ । हाल राष्ट्रिय स्तरको उक्त लघुवित्त कम्पनीले ४४ वटा शाखा कार्यालयबाट सेवा विस्तार गर्दै आईरहेको छ ।

जसबाट करिब ३६,००० ग्राहक सदस्यहरु मार्फत कुल १४४ करोड कर्जा विस्तार र ६८ करोड बचत संकलन गरेको छ । आ.व. २०७८/०७९ को अपरिस्कृत वित्तीय विवरण बमोजिम उक्त कम्पनीको पैसा प्रतिसेयर आम्दानी ३७.२५ पैसा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स