प्रभु र सेञ्चुरी बैंकबीच मर्जरमा जाने सम्झौता, सेयर स्वाप रेसियो १ः१

काठमाडौं । प्रभु बैंक र सेञ्चुरी बैंकबीच मर्जरमा जाने सम्झौता भएको छ । दुई बैंकबीच आइतबार बेलुका आपसमा गाभ्ने तथा गाभिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

दुई बैंकबीच प्रारम्भिक रुपमा १ः१ सेयर स्वाप अनुपातमा गाभिने गरी सम्झौता भएको हो। सम्झौता अनुसार प्रभु बैंकका अहिलेका सिईओ अशोक शेरचन नयाँ बन्ने बैंकको सिईओ बन्ने छन् । संचालक समितिमा ४ जना प्रभु बैंकबाट र तीन जना सेञ्चुरी बैंकबाट हुने छन् ।

प्रभु बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड रुपैयाँ रहेको छ भने सेञ्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । दुई बैंक मर्जरपछि २२ अर्ब २५ करोड चुक्ता पुँजी कायम हुनेछ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा पुस मसान्तसम्म मर्जर जाने बैंक तथा वित्तीय संस्थाले छुट तथा सुविधा पाउने छन् । यी दुई बैंकले पुस अघिनै मर्जर सम्पन्न गर्ने तयारी गरेका हुन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स