सयपत्री हाइड्रोपावरको सेयर साढे १५ गुणा बढी आवेदन

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले साउन १३ गतेदेखि निष्काशन गरेको आईपीओमा साढे १५ गुणा बढी आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङले दिएको जानकारी अनुसार आइतबार साँझ ५ बजेसम्ममा ९ लाख १४ हजार ७७६ आवेदनबाट १ अर्ब ५ करोड २३ लाख ४ हजार रुपैयाँ बराबरको १ करोड ५ लाख २३ हजार ४० कित्ता सेयरको लागि आवेदन परेको हो ।

यो सर्वसाधारणलाई छुट्टाएको ६ लाख ७० हजार ५८६ कित्ताको १५.६९ गुणा बढी हुन आउँछ ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरको ६ लाख कित्ता सेयरहरुमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाको लागि निष्काशन गरी बाँकी रहेको १ लाख २१ हजार ६० कित्ता सेयर समेत थप गरी जम्मा ७ लाख २१ हजार ६० कित्ता साधारण सेयर निष्काशन गर्न गरेको हो ।

सोमध्य ५ प्रतिशत (३६ हजार ५३ कित्ता सेयर) सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरिएको छ भने २ प्रतिशत (१४ हजार ४२१ कित्ता) कर्मचारीको लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी रहने ६ लाख ७० हजार ५८६ कित्ता साधारण सेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयरमा भन्दा बढी आवेदन परेकोले साउन १७ गते सम्ममा मात्रै आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स