नेपाल एसबिआई बैंकलाई एबीएफ होलसेल बैंकिङ अवार्ड २०२२ प्राप्त

काठमाडौं । नेपाल एसबिआई बैंकलाई सिंगापुरस्थित एसियन बैंकिङ एण्ड फाइनान्स द्वारा होलसेल बैंकिङ अवार्ड २०२२ अन्तर्गत नेपाल डोमेष्टिक टेकनोलोजी एण्ड ओपरेशन बैंक अफ द यर तथा नेपाल डोमेष्टिक इनिसिएटिभ अफ द यर अवार्ड प्रदान गरेको छ । एबीएफ होलसेल बैंकिङ अवार्डले उत्कृष्ट एवम् भरपर्दो बैकिङ सेवा तथा सुविधाहरु प्रदान गर्ने बैंकलाई अवार्ड प्रदान गर्दै आएको छ ।

सन् १९९३ मा स्थापना भएको नेपाल एसबिआई बैंकले ५१ जिल्लामा रहेका आफ्ना १२९ आउटलेटहरुमार्फत आफ्ना सम्पूर्ण ग्राहकहरुलाई उच्च गुणास्तरीय, भरपर्दो बैकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स