काठमाडौं । एनआईसी एशिया बैंकले ‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक गरेको छ। देशको दूरदराजमा रहेका लाखौं ग्राहकमाझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङको अभ्यास गर्दै आइरहेको बैंकले निक्षेप रकमको १० गुणासम्म मुद्दती रकम फिर्ता हुने योजना ल्याएको हो ।
यसमा १० गुणासम्म प्रतिफल सहित ४ जनालाई ५ वर्षसम्म कुल ८४ लाखसम्मको ३ बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र अन्य २४ सुविधा भएको ‘10x सर्वश्रेष्ठ मुद्दती योजना’ रहेको छ । साथमा, ५ लाखसम्मको निःशुल्क क्रेडिट कार्ड सुविधा र निक्षेप तथा पाकेको ब्याज रकमको धितोमा ९० प्रतिशत सम्म कर्जा सुविधा पाउने बैंकले जनाएको छ ।
यो योजना २०७९ श्रावण महिनासम्मको लागि उपलब्ध रहेको बैंकले जनाएको छ ।