आजबाट एनसीसी बैंकको २६ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । एनसीसी बैंकले संस्थापक समूहको संस्थापक सेयर बोलपत्रद्वारा सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ । बैंकले आज (साउन १५ गते) बाट २६ लाख ३१ हजार १३६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठित संस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र साउन २२ गतेसम्म गोप्य शिलबन्दी बोलपत्रद्वारा पेस गर्न सकिनेछ।

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १३१ रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्युनतम १ हजार कित्ता र अधिकतम २६ लाख ३१ हजार १३६ कित्ताका लागि आवेदन दिन सकिने छ।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा पेस गर्नुपर्नेछ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स