साधना लघुवित्तको नाफा पौने १२ करोड

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले गत आर्थिकमा ११ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.८३ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ११ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

लघुवित्तले खुद ब्याज आम्दानी बढेपनि सञ्चालन खर्च र कर्मचारी खर्च बढेपछि नाफामा दवाव परेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १९ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी २३.८६ प्रतिशत बढेको छ। लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा २.६४ प्रतिशत घटेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी २५ प्रतिशत बढेको छ भने जगेडा कोष ३०.७८ प्रतिशत बढेको छ । लघुवित्तको सापटी ३३.५० प्रतिशत, निक्षेप ६०.७० प्रतिशत र कर्जा ६५.१० प्रतिशत बढेको छ ।

खुद नाफा घटेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ९ रुपैयाँ ४२ पैसा घटेर ३६ रुपैयाँ १५ पैसा सीमित भएको छ । सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३०.१८ गुणा रहेको छ भन प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ७० पैसा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स