‘कन्ट्री रेटिङ’ र ‘हेजिङ’ प्रावधान लागू नहुँदा खोजे अनुसारको वैदेशिक लगानी आएन: ज्ञानेन्द्र प्रसाद ढुंगाना

काठमाडौं । नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष तथा नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले ‘कन्ट्री रेटिङ’ र ‘हेजिङ प्रावधान’ लागू नुहुँदा खोजे अनुसार बाह्य लगानी नआएको बताएका छन् । हाम्रोअर्थसँगको कुराकानीमा उनले कन्ट्री रेटिङ र हेजिङ प्रावधान कार्यान्वयन नहुँदा बाह्य लगानी प्रभावित भएको बताएका हुन् ।

‘अनुदान र ऋण लगानी आए पनि अपेक्षा गरे अनुसार बाह्य लगानी आएको छैन,’ उनले भने ‘कन्ट्री रेटिङ हुन सकेको छैन, हेजिङको प्रावधान शुरु भएकै छैन ।’ संसारभरका विकासोन्मुख र अति कम विकसित मुलुकहरूले जसरी विदेशी लगानी आकर्षित गरेका छन् । हामीले गर्न सकेका छैनौं ।’

केही ठूला लगानी लगानी बोर्ड मार्फत् आइरहेको छ । लगानी भित्र्याउनकै लागि लगानी सम्मेलन पनि गरियो । सो कार्य सम्पादन गरेपनि सोचे अनुरुप लगानी आउन नसकेको उनले बताए ।

मूल्यवृद्धिका कारणले मूल्यमा हुने परिवर्तनले विनिमय दरमा परिवर्तन हुन्छ । ‘हेजिङ कसले गर्ने र कति प्रतिशतमा गर्ने भन्ने दुविधा अझै सुधारको प्रक्रियामा छ,’ उनले भने ‘नेपालमा उच्च प्रतिफल दिने लगानीका क्षेत्रहरू प्रशस्तै छन्, लगानी आउन भने त्यति सकेको छैन ।’

‘हाम्रोमा राजनीतिक स्थिरता केही समय देखियो । लामो समयसम्म राजनीतिक अस्थिरता नै रह्यो । कर्मचारीतन्त्रको नियम, कानुन र प्रक्रिया झन्झटिलो छ । धेरै मन्त्रालय जानु पर्ने, धेरै समय लाग्ने भएकोले पनि वैदेशिक लगानी आकर्षित नभएको उनको बुझाइ छ ।

बाह्य लगानी आकर्षित गर्न दर्ता प्रक्रियादेखि प्रतिफल लैजानेसम्मका प्रावधान सरल र सहज हुन आवश्यक छ । एक द्वार प्रणाली लगानी स्वीकृति छिटो गरिदिने व्यवस्था गरियो भने थप वैदेशिक लगानी आकर्षित हुन सक्ने उनले बताए ।

कुनै पनि अर्थतन्त्रमा आन्तरिक स्रोतले धान्न नसकेपछि लगानी गर्नका लागि बाह्य स्रोत खोज्न जरुरी नै हुन्छ । बजेटमा पनि वैदेशिक ऋण, अनुदान तथा आन्तरिक ऋण समावेश गरिन्छ । यो पनि आन्तरिक स्रोत अर्थात राजस्वले धान्न नसकेपछि यसरी स्रोत जुटाइएको हो ।

विगत २ वर्षदेखि कोभिडको महामारीमा हामी छौं । विदेशी लगानी आउँदै नआएको हैन । सोचेभन्दा कम लगानी आएको छ । २०७५ चैतमा लगानी सम्मेलन आयोजना गयौं । त्यस पछि कोभिड देखियो । अहिले पनि हामीका धेरै सम्भावना छ । सम्भावित क्षेत्र हाइड्रो, पर्यटन, कृषि । कृषिमा विदेशी लगानी सम्बन्धित कानुन बनेको थियो । त्यसमा विरोध भयो ।

यी बाहेका पूर्वाधारका ठूला ठूला क्षेत्रहरू छन् । सिमेन्टमा आइरहेको छ । अन्यमा त्यति लगानी आउन सकेको छैन । जति सहज नियम कानुन र प्रक्रिया भयो त्यति नै लगानी आकर्षित हुने हो । उच्च प्रतिफल दिन सकिने सम्भावना भएमा सहजै लगानी आउँछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स