१२ वाणिज्य बैंकले कमाए पौन ३४ अर्ब, लाभांशमा कुन बैक अब्बल ?

काठमाडौं । चालु आर्थिक वर्षमा अहिलेसम्म वित्तीय विवरण सार्वजनिक गरेका १२ वटा वाणिज्य बैंकले २५ अर्ब ७१ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । बैंकहरूले गत आर्थिक वर्षमा कमाएको नाफा ७ अर्ब ७६ करोड रुपैयाँभन्दा बढी हो ।

आज बिहिबारसम्म वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरूमध्ये ४ अर्बभन्दा बढी नाफा कमाउने बैंकहरूमा ग्लोबल आईएमई बैंक, एनआईसी एशिया बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक रहेका छन् ।

गत आवमा बैंक ग्लोबल आईएमई बैंकले सबैभन्दा बढी नाफा कमाएर नम्बर वान बैंक बनेको छ । ग्लोबल आईएमई बैंकले ५ अर्ब २० करोड ६४ लाख रुपैयाँ नाफा कमाएको छ भने एनआईसी एशियाले ४ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको छ । बढी नाफा कमाउने बैंकको तेस्रो नम्बरमा नेपाल इन्भेष्टमेन्ट बैंक परेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले गत आवमा ४ अर्ब ८ करोड रुपैयाँ कमाएको छ ।

आजसम्मको वित्तीय वितरण प्रकाशित गरेका बैंकहरूमध्ये चौथो बैंक प्रभु बैंक भएको छ । बैंकले यो अवधिमा २ अर्ब ६० करोड रुपैयाँ नाफा गरेको छ । सानिमा, माछापुच्छे« लक्ष्मी, एभरेष्ट, एनसीसी, सनराइज र सिटिजन बैंकको नाफा पनि २ अर्बभन्दा माथि नै रहेको छ ।

लाभांश दिने क्षमतामा कुन बैंक अब्बल

अहिलेसम्म वित्तीय विवरण सार्वजनिक गरेका १२ बैंकले आफूले कमाएको नाफाबाट औसतमा १४.६७ प्रतिशत रहेको छ । गत आवमा लाभांश वितरणमा अहिलेसम्म अब्बल बैंकको रुपमा एभरेष्ट बैंक देखिएको छ । बैंकले गत आवमा आफ्ना सेयरधनीलाई ४१.१५ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको छ । १२ वाणिज्य बैंकमा सनराइज बैंकको लाभांश क्षमता सबैभन्दा कम देखिएको छ ।

गत आवको असार मसान्तसम्म ९ अर्ब ४६ करोड रुपैयाँ चुक्ता पुँजी कायम रहेको एभरेष्ट बैंकले सो अवधिमा ३ अर्ब ८९ करोड ५४ लाख रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । सो नाफाबाट बैंकले सेयरधनीलाई ४१.१५ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ ।

११ अर्ब ५६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको एनआईसीले गत आवमा २ अर्ब २४ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । जसबाट बैंकले सेयरधनीलाई १९.४३ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ ।

समीक्षा अवधिमा ८ अर्ब ५७ करोड रुपैयाँ चुक्ता पुँजी कायम स्टयाण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ५९ करोड रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकले सेयरधनीलाई १८.५९ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

गत आवको असारमसान्तसम्म २३ अर्ब ७९ करोड रुपैयाँ चुक्ता पुँजी भएको ग्लोबल आइएमई बैंकले गत आवमा ३ अर्ब १९ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । बैंकले सेयरधनीलाई १३.४५ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ ।

गत आवको असार मसान्तसम्म ११ अर्ब १३ करोड रुपैयाँ चुक्ता पुँजी भएको एनसीसी बैंकले सो अवधिमा १ अर्ब ४७ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १३.२४ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

सानिमा बैंकको चुक्ता पुँजी ११ अर्ब ३२ करोड रुपैयाँ कायम छ । बैंकले गत आवमा १ अर्ब ४६ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गर्दा सेयरधनीलाई १२.९५ प्रतिशत लाभांश वितरणको क्षमता राख्छ ।

माछापुच्छ्रे बैंकको चुक्ता पुँजी १० अर्ब २५ करोड रुपैयाँ कायम छ । सो अवधिमा बैंकले १४ अर्ब १३ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको हुँदा सेयरधनीलाई १२.९८ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

१२ अर्ब ७० करोड रुपैयाँ चुक्ता पुँजी भएको प्रभु बैंकले गत आवमा १ अर्ब ४१ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । गत आवको नाफाबाट बैंकले सेयरधनीलाई ११.१२ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ ।

लक्ष्मी बैंकले गत आवमा १ अर्ब २५ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । सो अवधिमा बैंकको मौज्दात चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ हुँदा बैंकले सेयरधनीलाई १०.८७ प्रतिशत लाभांश वितरणको क्षमता राख्छ ।

सिटिजन्स बैंकले १ अर्ब ४२ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको थियो । सो अवधिमा बैंकको चुक्ता पुँजी १४ अर्ब २० करोड रुपैयाँ कायम हुँदा सेयरधनीलाई १०.०३ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

१० अर्ब ११ करोड रुपैयाँ चुक्ता पुँजी भएको सनराइज बैंकले गत आवमा २५ करोड ६१ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको हुँदा सेयरधनीलाई २.५३ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

बैंकको वितरण योग्य नाफा र लाभांशसहितको अवस्था

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स