काठमाडौं । लक्ष्मी बैंकले प्रमुख कार्यकारी अधिकृतमा अजयबिक्रम शाहलाई पुनः नियुक्त गरेको छ ।
बैंकको साउन ११ गते बसेको संचालक समितिको बैठकले सीइओ शाहको कार्यकाल ४ वर्षको लागि थप गर्ने निर्णय गरेको हो ।
तीन दशक लामो बैंकिङ अनुभव भएका शाहले करियरको सुरुवात स्यान्डर्ड चार्टर्ड बैंकबाट गरेका हुन् । उनले त्यहाँ १० वर्ष काम गरेका थिए ।
उनी यसअघि २०७६ कात्तिकमा बैंकको सीईओमा नियुक्त भएका थिए । बैंकले उनलाई पुनः सीईओमा नियुक्त गरेसँगै अब आगामी ४ वर्ष सिइओको पद उनलेनै सम्हाल्नेछन् ।