एभरेष्ट बैंकको नाफा २ अर्ब ५४ करोड, प्रतिसेयर आम्दानी कति ?

काठमाण्डौ । एभरेष्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

चालु आवको असार मसान्तसम्ममा बैंकले २ अर्ब ५४ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । जुन अघिल्लो आवको तुलनामा ४३.७७ प्रतिशतले बढी हो । अघिल्लो आवको यसै अवधिसम्ममा बैंकले १ अर्ब ७७ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ८९ करोड रुपैयाँ रहेको छ।

समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा पनि ४२.८२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष सोही अवधिसम्म २ अर्ब ५४ करोड रुपैयाँ सञ्चालन मुनाफा समीक्षा अवधिसम्म बढेर ३ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ।

चौथो त्रैमाससम्म बैंकले ५ अर्ब ४२ करोड रुपैयाँ बढी खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ३ अर्ब ९५ करोड रुपैयाँमा सीमित थियो। खुद ब्याज आम्दानी ३७.१५ प्रतिशतले बढेको छ।

बैंकले १ खर्ब ७२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष बैंकले १ खर्ब ६० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २७ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो।

बैंकको रिजर्भको आकार थोरै घटेर ९ अर्ब ९ करोड रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष रिजर्भमा ९ अर्ब १४ करोड रुपैयाँ थियो।

बैंकको निष्क्रिय कर्जा (एनपीएल) बढेर ०.२४ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल ०.१२ प्रतिशतमा सीमित थियो। सीडी रेसियो ८६.०४ प्रतिशत रहेको बैंकको आधार दर ८.८२ प्रतिशत रहेको छ।

बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) १९.९१ रुपैयाँबाट बढेर २७.०१ रुपैयाँ भएको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) १६.२५ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ २४०.७३ रुपैयाँ रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स