नेप्सेमा नेपाल सरकारको ३ वटा विकास ऋणपत्र सूचीकृत

काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल सरकारको विकास ऋणपत्र सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकद्धारा निष्काशन भएका विभिन्न ३ वटा विकास ऋणपत्रहरुको ३५ अर्ब रुपैयाँ बराबरको ऋणपत्रहरु नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा १५ अर्ब रुपैयाँको २०८४ ‘छ’ विकास ऋणपत्र सूचीकृत भएको छ । बैंकको उक्त ऋणपत्रको अवधि ५ वर्ष रहेको छ भने ब्याजदर ९.१९ प्रतिशत रहेको छ ।

त्यस्तै, १५ अर्ब रुपैयाँको २०८४ ‘ज’ विकास ऋणपत्र सूचीकृत भएको हो । उक्त ऋणपत्रको अवधि ५ वर्ष रहेको छ भने ब्याजदर ९.०२ प्रतिशत रहेको छ ।

त्यसैगरि, ५ अर्ब रुपैयाँको २०८५ ‘च’ को विकास ऋणपत्र सूचीकृत भएको हो । उक्त ऋणपत्रको अवधि ६ वर्ष रहेको छ भने ब्याजदर ८.४९ प्रतिशत रहेको छ ।

सूचीकृतपश्चात् भोलिदेखि नै उक्त ऋणपत्रहरु धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स