ग्लोबल आइएमई ब्यालेन्स फन्ड-१ का इकाईहरु बाँडफाँड, यसरी हेर्नुस् नतिजा

काठमाडौं । ग्लोबल आइएमई ब्यालेन्स फन्ड-१ का इकाईहरु बाँडफाँड भएको छ । आज (बुधबार) ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालयमा नै उक्त इकाईहरु बाँडफाँड सम्पन्न भएको हो ।

क्यापिटलको उक्त फण्डमा ६० हजार ७१९ जना आवेदकले ८ करोड ४५ लाख ८९ हजार ७६० इकाईका लागि आवेदन परेको थियो ।

जसमध्ये ५६ आवेदकबाट परेको १३ हजार ४०० खरिद आवेदन रद्द भएको छ भने ६० हजार ६६३ जना आवेदकको ८ करोड ४५ लाख ७६ हजार ६३० इकाई रीतपूर्वक आवेदन परेकाले बाँडफाँड गरिएको छ ।

जसमा १ सय इकाईदेखि १ करोड २० लाख इकाईसम्म आवेदन दिएका ६० हजार ६६३ जनालाई बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

कम्पनीले असार २२ गते देखि ग्लोबल आईएमई ब्यालेन्स फण्ड(१ नामको प्राथमिक इकाई निष्काशन तथा बिक्री खुल्ला गरेको हो।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको थियो ।

१२ करोड इकाई मध्ये न्यूनतम् बिक्री हुनुपर्ने ६ करोड वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम १५ प्रतिशत इकाई मध्ये योजना व्यवस्थापक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई १.५ प्रतिशत वा १८ लाख इकाई तथा कोष प्रवर्द्धक कम्पनी ग्लोबल आइएमई बैंकलाई १३.५ प्रतिशत वा १ करोड ६२ लाख इकाई सुरक्षित राखिएको थियो । बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणलाई छुट्याएको थियो ।

क्यापिटलको उक्त फण्डको नतिजा ग्लोबल आइएमई बैंक र ग्लोबल आइएमई क्यापिटलको वेबसाइटमा हेर्न सकिनेछ। सीडीएससीको iporesult.cdsc.com.np र meroshare.cdsc.com.np मा पनि हेर्न सकिनेछ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स