स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफामा उल्लेख्य वृद्धि, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षमा नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेख्य वृद्धि गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब २६ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६२.२७ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३९ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै इम्पेरमेन्ट चार्ज घटेपछि बैंकको नाफा उल्लेख्य बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४४.८६ प्रतिशत बढेको छ । खुद फि तथा कमिसन आम्दानी ३३.१९ प्रतिशत बढेको छ । बैंकको कुल सञ्चालन आम्दानी ३१.६७ प्रतिशत र सञ्चालन मुनाफा ६१.५४ प्रतिशत बढेको छ । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ५९ करोड ३६ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष १३.४० प्रतिशत बढेको छ । बैंकको निक्षेप ६.९२ प्रतिशत र कर्जा २६.८६ प्रतिशत बढेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ७ रुपैयाँ ७५ पैसा बढेर २४ रुपैयाँ ७ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६.४६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १९२ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स