ग्लोबल आईएमई ब्यालेन्स फण्ड-१ को इकाई भोलि बाँडफाँड हुने

काठमाडौं । ग्लोबल आईएमई ब्यालेन्स फण्ड-१ नामक सामूहिक लगानी कोष योजनाको इकाईहरु बाँडफाँड हुने भएको छ । बुधबार बिहान ९ बजे बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल कै कार्यालय नक्सालमा इकाईहरु बाँडफाँड गर्न लागेको हो।

कम्पनीले असार २२ गते देखि ग्लोबल आईएमई ब्यालेन्स फण्ड-१ नामको प्राथमिक इकाई निष्काशन तथा बिक्री खुल्ला गरेको हो।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको थियो ।

१२ करोड इकाई मध्ये न्यूनतम् बिक्री हुनुपर्ने ६ करोड वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम १५ प्रतिशत इकाई मध्ये योजना व्यवस्थापक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई १.५ प्रतिशत वा १८ लाख इकाई तथा कोष प्रवर्द्धक कम्पनी ग्लोबल आइएमई बैंकलाई १३.५ प्रतिशत वा १ करोड ६२ लाख इकाई सुरक्षित राखिएको थियो । बाँकी रहेको १० करोड २० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिएका थिए ।

यो म्युचुअल फन्डको योजना व्यवस्थापकमा रहेको यो फण्डको अवधि १० वर्ष रहेको यो म्युचुअल फन्ड बन्दमुखी योजना हो ।

हाल क्यापिटलले ग्लोबल आईएमई सम्मुनत स्किम १ नामको म्युचुअल फण्ड योजना संचालन गरिरहेको छ । उक्त योजनाले गत वर्ष १०० प्रतिशत लाभांश दिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स